३१ जेठ २०८३, आइतबार

प्रधानसेनापति सिग्देल र मुख्यमन्त्री शाहबीच भेटवार्ता

चैत ७, २०८१
कैलाली
प्रधानसेनापति सिग्देल र मुख्यमन्त्री शाहबीच भेटवार्ता

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच आज धनगढीमा भेटवार्ता भएको छ ।

भेटमा दुवैबीच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । 

सल्लाहकार बमका अनुसार भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताएका थिए । 

भूतपूर्व सैनिक सम्मेलनमा सहभागी हुन सुदूरपश्चिमको कैलाली पुगेका प्रधानसेनापति सिग्देलले मुख्यमन्त्री निवास पुगेर भेटवार्ता गरेका हुन् । 

सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा आज भूतपूर्व सैनिक सम्मेलन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्