२६ जेठ २०८३, मंगलबार

विश्वका खुसी देशमा फिनल्याण्ड पहिलो नम्बरमा, नेपाल ९२ औं स्थानमा रहँदा भारत र चीन कतिमा ?

चैत ७, २०८१
काठमाडौं
विश्वका खुसी देशमा फिनल्याण्ड पहिलो नम्बरमा, नेपाल ९२ औं स्थानमा रहँदा भारत र चीन कतिमा ?
तमु ल्होसारमा सहभागी युवती । (फाइल तस्वीर)

नेपाल विश्वका खुसी देशहरूको सूचीमा ९२ औं नम्बरमा परेको छ । वर्ल्ड ह्याप्पीनेस रिपोर्ट २०२५का अनुसार खुसी मुलुकहरूको सूचीमा नेपाल ९२ औं स्थानमा परेको हो । 

सबैभन्दा खुसी देशको पहिलो नम्बरमा फिनल्यान्ड रहेको छ । दोस्रोमा डेनमार्क, तेस्रोमा आइसल्यान्ड, चौथोमा स्वीडेन र पाँचौंमा नेदरल्यान्ड रहेका छन् ।

नेपालभन्दा अघि ९१ औं स्थानमा जर्जिया, ९० औं स्थानमा ताजकिस्तान र ८९ औं स्थानमा अल्बानिया छन् । 

नेपालभन्दा पछि ९३ औं स्थानमा लाओ पीडीआर, ९४ औं स्थानमा टर्की, ९५ औं स्थानमा साउथ अफ्रिका रहेका छन् । नेपालका दुई छिमेकी देश क्रमश: चीन ६८ औं स्थानमा र भारत ११८ औं स्थानमा छन् । 

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औसत आयु, जीवन छनोट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाजस्ता विभिन्न सूचकका आधारमा विश्व खुसी प्रतिवेदन तयार पार्ने गरिन्छ । 

संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्कले यो रिपोर्ट तयार पार्छ । 

salt training

कमेन्ट गर्नुहोस्