२२ जेठ २०८३, शुक्रबार

राष्ट्रपतिको ठाउँमा राख्ने राजा खोजेका हौं, शासन गर्ने राजा चाहिएको होइन : ज्ञानेन्द्र शाही [भिडियो अन्तर्वार्ता]

चैत ७, २०८१
काठमाडौं
राष्ट्रपतिको ठाउँमा राख्ने राजा खोजेका हौं, शासन गर्ने राजा चाहिएको होइन : ज्ञानेन्द्र शाही [भिडियो अन्तर्वार्ता]

नेपालमा राजसंस्था फर्काउनु पर्छ भनेर राजतन्त्र पक्षधर राजनीतिक दल र संघ संस्थाले विभिन्न अभियान सञ्चालन गरिरहेका छन् । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशपछि राजावादीहरू हौसिएका छन् ।

नेपालमा राजसंस्था फर्काउन चाहने समूहले फागुन २५ गते काठमाडौंको विमानस्थलबाहिर पूर्वराजाको स्वागतमा र्‍याली र प्रदर्शन गरे । पूर्वराजालाई काठमाडौंमा स्वागत गर्ने कार्यक्रमको एकजना सक्रिय अभियानकर्ता थिए– राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही ।

राप्रपाले राजसंस्था पुनर्स्थापनाका लागि बनाएको आन्दोलन परिचालन समितिका सदस्यसचिव समेत रहेका शाही आफूहरू शासन गर्ने राजा नभइ राष्ट्रपतिको ठाउँमा बस्ने राजाको वकालत गरेको बताउँछन् ।

राजसंस्था पक्षधर कतिपय व्यक्तिले शासन गर्ने राजाको कुरा गरिरहे पनि त्यो गलत हुने शाहीको भनाइ छ । 

–राजसंस्था फर्काउने आन्दोलन एकाएक कसरी उठ्यो ? कसको इसारामा यो काम भइरहेको छ ? 
–राजावादी समूहभित्र भाँडभैलो चलिरहेको समयमा अबको रणनीति के हुन्छ ? 
–राजसंस्था पुनर्स्थापनाका लागि २०६२/०६३ को भन्दा ठूलो आन्दोलन उठ्छ ? 
–ज्ञानेन्द्र शाहलाई खलनायक भन्ने प्रचण्डको भनाइप्रति  शाही के भन्छन् ?

यी लगायत प्रश्नको जवाफ हेर्नुहोस् भिडियो अन्तर्वार्तामा  

salt training

कमेन्ट गर्नुहोस्