
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका फाइल फर्छ्यौट शाखामा कार्यरत कपिल गिरी छन् । उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
उनी महानगरको तर्फबाट अख्तियारले सोधेको विषयमा प्रष्टीकरण पठाउने कर्मचारी हुन् ।
बिहीबार दिउँसो करिब ३ बजे महानगर कार्यालय अगाडिबाट पक्राउ परेका उनले आफूलाई फसाइएको दाबी गरेका छन् ।