२२ जेठ २०८३, शुक्रबार

पक्षघात उपचारका लागि मन्त्री पौडेलले  निःशुल्क  घोषणा गरेको औषधि वितरण शुरू

चैत ७, २०८१
काठमाडौं
पक्षघात उपचारका लागि मन्त्री पौडेलले  निःशुल्क  घोषणा गरेको औषधि वितरण शुरू

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गत माघ ३ गते निःशुल्क उपलब्ध गराउने निर्णय गरेको नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि अस्पतालमा पठाउने प्रक्रिया शुरू भएको छ ।

मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा सहयोगी संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त औषधि वन हार्ट वर्ल्डवाइडका प्रतिनिधिले मन्त्री पौडेलको उपस्थितिमा हस्तान्तरण गरियो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधि सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताए ।

‘निकै महँगो औषधि किनेर दिन गाह्रो परेको थियो’, उनले भने, ‘कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं । अहिले औषधि उपलब्ध भएको छ ।’

मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत् औषधि उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने बताए । मन्त्रालयले तीनवटा संघीय अस्पतालमार्फत् ती औषधि उपलब्ध गराउनेछ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत् औषधि उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए ।

यस्तो औषधिको बजार मूल्य झण्डै दुई लाख पर्छ । तर, आर्थिक अभावमा महँगो औषधि खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको छ ।

रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधिको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरूप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ तयार भएको हो ।

पाँच वर्षसम्मका लागि यस्तो औषधि सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्