
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौं,’ बिहीबार आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने।
यसअघि उनले चुनावी अभियानकै क्रममा यो मन्त्रालयले अमेरिकालाई कुनै फाइदा गरी नरहेको बताएका थिए । अब यसलाई पूर्ण रूपमा बन्द गर्न उनलाई अमेरिकी संसद कांग्रेसको अनुमोदन चाहिन्छ ।
ट्रम्पले हालै भारी मात्रामा मन्त्रालयका कर्मचारी कटौतीको घोषण गरेका थिए । ती कर्मचारी र मन्त्रालय बन्द भएपछि निकालिने अरु सबै कर्मचारीबाट ट्रम्पले कानूनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ ।