
माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज दोस्रो दिन अनिवार्य नेपाली विषयमा मकवानपुरमा एक सय ३८ जना विद्यार्थी अनुपस्थित भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार आज दोस्रो दिनको एसइई परीक्षामा साधारणतर्फ ७१, प्राविधिकतर्फका छ र ग्रेडवृद्धितर्फ ६२ जना विद्यार्थी अनुस्थित भएका छन् ।
अनिवार्य नेपाली विषयको परीक्षामा साधारणतर्फ पाँच हजार चार सय ७१, प्राविधिकधार तर्फ दुई सय २० र ग्रेडवृद्धितर्फ एक सय ८५ गरी पाँच हजार आठ सय ७६ जना परीक्षार्थीले परीक्षा दिएको प्रमुख गिरीले बताए । सामुदायिक तथा संस्थागत गरी एक सय ३९ विद्यालयबाट एसइईका लागि सात हजार चार सय ८१ विद्यार्थीले फारम भरेका थिए । मकवानपुरमा यस वर्ष २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छभने २८ वटा केन्दाध्यक्ष, ५१ जना सहायक केन्दाध्यक्ष, तीन सय ७४ निरीक्षक, ७६ परीक्षा सहायक र एक सय ५० कार्यालय सहयोगी र चार सय २० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख गिरीले बताए ।