२३ असार २०८३, मंगलबार

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

चैत १०, २०८१
काठमाडौं
गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । 

आइतबार बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि अस्पताल लगिएको थियो । त्यसक्रममा गोरखा अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको डीएसपी सुवेदीले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्