१२ असार २०८३, शुक्रबार

शेयर बजारमा पहिरो, ५३ अङ्कले घट्दा ६ अर्ब बढीको कारोबार

चैत १०, २०८१
काठमाडौं
शेयर बजारमा पहिरो, ५३ अङ्कले घट्दा ६ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले घटेको छ ।

साताको पहिलो कारोबारका दिन आइतबार नेप्से ५३.०४ अङ्कले घटेर २६१६.२६ को विन्दुमा बन्द भएको हो । यस दिन बजारमा १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ । 

लगातारको पाँच कारोबारका दिन दोहोरो अङ्कले घटेको शेयर बजारमा आज पनि दोहोरो अङ्कको गिरावट आएको हो । 

आइतबार मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरू सर्वाधिक घाटामा रहेका छन् । आज यस लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । 

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ४२ करोड ६ लाख ३४ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 

आइतबार बजार पुँजीकरण ४३ खर्ब ४१ अर्ब रुपैयाँ बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्