
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुरू भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेपछि शुरू भएको हो । तोकिएको समयभन्दा करिब ३ घण्टा ढिलो बैठक शुरू भएको हो ।
बैठकमा राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ ।
















