![चोरी भएका ४१ वटा दुईपांग्रे सवारीसाधन धनीलाई फिर्ता, ट्राफिक प्रहरीलाई खादा लगाएर धन्यवाद [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Traffic_Handover_1_aSWJGulPEu.jpg)
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
बुधबार आयोजित एक समारोहमा बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भई हराएका र पछिल्लो एक महिनाभित्र फेला परेका मोटरसाइकल तथा स्कुटर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको हो ।
आफ्नो सवारी साधन फिर्ता पाएपछि सवारीधनीहरूले ट्राफिक प्रहरीलाई खादा लगाएर धन्यवाद व्यक्त गरेका छन् ।








तस्वीर : सूर्याम्स उप्रेती /नेपाल फोटो लाइब्रेरी