२५ जेठ २०८३, सोमबार

दाङको प्लाई उद्योगमा आगलागी, बस्ती जोखिममा

चैत ११, २०८१
दाङ
दाङको प्लाई उद्योगमा आगलागी, बस्ती जोखिममा

दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजेदेखि शुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँका दमकल, टयांकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिए ।

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । 

उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको  बताए । आगलागीको कारण खुल्न सकेको छैन ।


 

salt training

कमेन्ट गर्नुहोस्