०६ असार २०८३, शनिबार

१२ वर्षपछि आफ्नै भवन सर्‍यो प्रहरी चौकी खार्पा

चैत ११, २०८१
खोटाङ
१२ वर्षपछि आफ्नै भवन सर्‍यो प्रहरी चौकी खार्पा

स्थापनाको १२ वर्षपछि खोटाङको रावाबेँसी गाउँपालिका– २ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । रु दुई करोड ९५ लाख ३२ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

विक्रम संवत् २०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साबिक खार्पा गाउँ विकास समिति  (गाविस)कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो ।

स्थापना भएको १२ वर्षसम्म साँघुरो तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नवनिर्मित भवनमा साना ठूलो गरी ११ कोठा छन् ।

साढे दुई तले सो भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवास तथा मनोरञ्जन हल निर्माण गरिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आइतबार सो भवनको उद्‌घाटन गरेका हुन् । सुविधासम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने उनको भनाइ छ। 

salt training

कमेन्ट गर्नुहोस्