३१ जेठ २०८३, आइतबार

विश्व बजारमा बीवाईडीको एकपछि अर्को तहल्का, प्रविधिमा अब्बल

चैत ११, २०८१
काठमाडौं
विश्व बजारमा बीवाईडीको एकपछि अर्को तहल्का, प्रविधिमा अब्बल

विद्युतीय सवारी साधनको बढ्दो प्रयोगसँगै तीव्र प्रतिस्पर्धामा रहेको ईभी बजारमा बीवाईडीले एकपछि अर्को झट्का दिइरहेको छ । चीनको सबैभन्दा ठूलो ईभी निर्माता कम्पनी बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा प्रख्यात कम्पनीहरूलाई समेत प्रविधिमा ​पछाडि छाडेको छ ।​

​आँकडामै हेर्ने हो भने, सन् २०२१ देखि २०२४ सम्म बीवाईडी विश्व बजारमै सबैभन्दा बढी बिक्री हुनेमा पर्दछ । अहिले पनि प्रख्यात कम्पनीहरूलाई मात दिइरहेको बीवाईडीले प्रविधिमा पनि सबैलाई झट्का दिइरहेको छ । 

केही साता अघि मात्रै बीवाईडीले सबैलाई चकित पार्ने गरी १ हजार किलोवाटको चार्जिङ सिस्टम ल्याएको छ । ‘सुपर ई–प्लेटफर्म’ प्रणालीबाट ५ मिनेट चार्जमा ४०० किलोमिटरसम्म चल्न सक्ने गरी चार्ज हुने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले दाबी गरेअनुसार यस प्रणालीले १ हजार किलोवाटको चार्जिङ गति प्रदान गर्दछ भने यसले हालसम्म प्रख्यात कम्पनीहरूले निर्माण गरेका सुपर चार्जरभन्दा दुई गुणा छिटो चार्ज गर्दछ । अर्थात् यो विश्वकै सबैभन्दा छिटो चार्ज हुने सुपर फस्ट चार्ज हुनेछ । 

हालसम्म टेस्लाको पछिल्लो सँस्करणले मात्रै ५०० किलोवाटसम्मको चार्जिङ गति प्रदान गरिरहेको छ । बीवाईडीको यस प्रविधिले विश्व बजारमा नै नयाँ क्रान्तिका साथै नयाँ स्वरूप कायम गर्ने देखिएको छ । 

बीवाईडी केबल चार्जिङमा मात्रै सीमित देखिँदैन । कम्पनीले हरेक प्रविधिमा काम गरिरहेको छ । जुन कम्पनीको बढ्दो लोकप्रियता र विश्वासले प्रस्ट पार्छ । 

कम्पनीले अर्को विश्व ईभी बजार हल्लाउने सेल्फ–ड्राइभिङ्ग प्रविधि ल्याउने सङ्केत गरेको छ । कम्पनीले आफ्नो नयाँ सेल्फ–ड्राइभिङ्ग प्रविधि ‘गड्स आई फिचर’ निःशुल्क प्रदान गर्ने घोषणा गरेपछि विश्व बजारमा अर्को तहल्का मच्चिएको छ । सेल्फ ड्राइभिङ् प्रविधि हालसम्म सर्वाधिक महँगा तथा प्रिमियम सेगमेन्टहरूमा मात्रै प्रदान गरिँदै आएको थियो ।

बीवाईडीले यस प्रविधिलाई आफ्नो सबैभन्दा सस्तो मोडलमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेसँगै बजारमा ठूलो प्रभाव देखिने आकलन गरिएको छ । कम्पनीले आफ्नो सबै कारहरूमा कुनै अतिरिक्त शुल्कबिना यो प्रविधि प्रदान गर्ने जनाइएको छ ।

पहिलेदेखि नै विश्व बजारमा एकभन्दा अर्को प्रविधिले लोकप्रियता र विश्वास बढाइरहेको बीवाईडीले झन् बजारलाई तताउने काम गरिरहेको छ । यसका साथै अन्य विश्व प्रख्यात ठूला ब्रान्डहरूलाई पनि तीव्र प्रतिस्पर्धा बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्