
लगातारको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । करिब दुई सातादेखि निरन्तर ओरालो झरिरहेको नेप्से सोमबार २६.१० अंकले बढेर २६४०.७८ को विन्दुमा बन्द भएको हो ।
लगातार ६ कारोबारका दिन दोहोरो अंकले घटेको सेयर बजारमा सोमबार दोहोरो अंकले बढेको हो ।
सोमबार बजारमा ९७ लाख ३९ हजार ७३८ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन आइतबार नेप्से ५३.०४ अंकले घटेर २६१६.२६ को विन्दुमा बन्द भएको थियो । यस दिन ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रूपैयाँको कारोबार भएको थियो ।
सोमबार गार्डीयन माइक्रो लाइफ इस्योरेन्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ३२ करोड ६९ लाख ७७ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।