१८ असार २०८३, बिहीबार

कुलेखानी जलविद्युत्‌का ३ वटै युनिट पूर्ण क्षमतामा सञ्चालन

चैत ११, २०८१
हेटौंडा
कुलेखानी जलविद्युत्‌का ३ वटै युनिट पूर्ण क्षमतामा सञ्चालन

मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् ।

कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खा याम शुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् ।

कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको जानकारी दिए ।

उनका अनुसार आवश्यकताका आधारमा अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । 

‘रनअफ रिभर’मा आधारित आयोजनाको सुक्खा याममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरिएको प्रमुख भट्टले बताए । 

उनले वर्षायाममा ‘रनअफ रिभर’मा आधारित आयोजना पूर्णरूपमा सञ्चालनमा गर्नुनपर्ने भएकाले उक्त समयमा ड्याममा पानी सञ्चित गरेर राख्ने र सुक्खा याम शुरू भएपछि पूर्ण क्षमतामा सञ्चालन गरिने जनाए ।

अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेको र आवश्यकताका आधारमा २४ सै घण्टा विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जनाएको छ ।

यस केन्द्रबाट चालू आव २०८१/८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार दुई सय नौ मेगावाट विद्युत् उत्पादन गरेको छ । आव २०८०/८१ मा ३४ हजार तीन सय ८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्