२३ असार २०८३, मंगलबार

पीएन क्याम्पसमा अखिलको अग्रता कायमै, नेविसंघभन्दा दोब्बरले बढी

चैत ११, २०८१
काठमाडौं
पीएन क्याम्पसमा अखिलको अग्रता कायमै, नेविसंघभन्दा दोब्बरले बढी

पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस)को स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतपरिणाममा अनेरास्ववियुको अग्रता कायमै छ । 

पछिल्लो विवरण अनुसार एमाले निकट अनेरास्ववियुका उम्मेदवार कांग्रेस निकट नेविसंघभन्दा दोब्बरले अग्रता लिइरहेका छन् । 

३०१ मत गन्दा एमाले निकट अनेरास्ववियुका विष्णु पोखरेलले अध्यक्षमा १२८ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका नेविसंघका सुशील न्यौपानेले ५२ र स्वतन्त्र उम्मेदवारी दिएकी विप्लवी न्यौपानेले ३८ मत पाएका छन् ।

अखिल क्रान्तिकारीका नवीन अधिकारीले २८, संयुक्त प्यानलका सन्तोष पौडेलले २० र प्राज्ञिक परिषद्का दिप्सन गुरुङले १० मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्