११ असार २०८३, बिहीबार

बुद्ध एयरको सफ्टवेयर ह्याक गरेर टिकट बिक्री गर्ने दुई जना पक्राउ

चैत ११, २०८१
काठमाडौं
बुद्ध एयरको सफ्टवेयर ह्याक गरेर टिकट बिक्री गर्ने दुई जना पक्राउ

बुद्ध एयरको सफ्टवेयर ह्याक गरेर टिकट बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

टिकट खरिद‍बिक्रीको लागि बनाइएको अनलाइन कम्प्युटर प्रणाली (सफ्टवेयर)मा अनधिकृत रूपमा पहुँच पुर्‍याई गैरकानूनी रूपमा विभिन्न हवाई टिकट बनाएर बेचेको उनीहरूमाथि आरोप छ ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय विवश भारती र गोरखाको अजिरकोट गाउँपालिका-३ घर भई काठमाडौंको तारकेश्वर-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी छन् । 

उनीहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले आइतबार बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि दुवै जनालाई जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्