३० जेठ २०८३, शनिबार

संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारी सिफारिस गर्न पुरानै समितिलाई निरन्तरता

चैत ११, २०८१
काठमाडौं
संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारी सिफारिस गर्न पुरानै समितिलाई निरन्तरता

सरकारले संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समितिको सदस्यमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा उनले तोकेका व्यक्ति, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र स्टेला तामाङलाई नियुक्त गर्ने निर्णय गरेको बताए । 

सरकारले पुनः मिश्र नेतृत्वको समितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्