३१ असार २०८३, बुधबार

पदभारपछि हितेन्द्रदेवको प्रतिक्रिया– न्याय पाएँ, लोडसेडिङ हुँदैन

चैत १२, २०८१
काठमाडौं
पदभारपछि हितेन्द्रदेवको प्रतिक्रिया– न्याय पाएँ, लोडसेडिङ हुँदैन

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । 

मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् ।  प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए । 

पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए । 

यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रूपमा समाधान गर्ने जिकिर गरे ।  शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पारे । उनले दुई हप्ताभित्र केही सकारात्मक नजिता देखिने गरी काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका विषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दावी समेत गरे । 

salt training

कमेन्ट गर्नुहोस्