१२ असार २०८३, शुक्रबार

इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रण बाहिर

चैत १३, २०८१
विराटनगर
इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रण बाहिर

सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा बुधबार बिहान ९ः४३ बजेदेखि लागेको आगो अझै नियन्त्रण बाहिर रहेको छ । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाका दुई वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

सेन्ट्रल प्लाजामा रहेका एक जनाको उद्धार गरिएको छ । 

अन्यको पनि उद्धारको प्रयास भइरहेको सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

अन्य कति जना छन् भन्ने खुलेको छैन । साथै आगलागीको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्