१४ असार २०८३, आइतबार

देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको चियापान, शेखर पनि सहभागी

चैत १३, २०८१
काठमाडौं
देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको चियापान, शेखर पनि सहभागी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा चियापान कार्यक्रम राखेका छन् ।

बुधबार बिहान ८ देखि साढे १० बजेसम्म देउवाले नगरपालिकाका मेयर र उपमेयरको लागि चियापान कार्यक्रम राखेका हुन् । 

चियापानमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई पनि बोलाइएको देउवाको सचिवालयले जनाएको छ ।

‘मेयर उपमेयर काठमाडौंमा आउनु भएकोले उहाँसँग छलफल र संवादसँगै चियापानको कार्यक्रम पनि राखिएको हो,’ देउवाको सचिवालयले भन्यो, ‘चियापानमा सरकारमा सहभागी भएका कांग्रेसका मन्त्री र केही नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।’

चियापानमा कांग्रेस नेता डा. शेखर कोइराला पनि सहभागी थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्