०२ साउन २०८३, शनिबार
आगो निभाउने प्रयास जारी

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : हेलिकप्टरबाट १६ जनाको उद्धार

चैत १३, २०८१
काठमाडौं
इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : हेलिकप्टरबाट १६ जनाको उद्धार

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । ११ पुरुष र ५ महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूमध्ये केहीको सेनाको हेलिकप्टरबाट र केहीलाई डोरीको सहायताले उद्धार गरिएको हो । 

इटहरी उपमहानरपालिका–६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरू फसेका थिए । 

null

बिहान करिब ९:३० बजे भवनको पाँचौँ तलामा आगो लागेको थियो । आगलागीसँगै अहिले ग्यासका सिलिण्डर पनि पड्किएका छन् ।

आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।

null

आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्