२८ जेठ २०८३, बिहीबार

सबै सरकारी कारोबार अब बैंङ्किङ च्यानलबाटमात्र

कात्तिक २०, २०७४
सबै सरकारी कारोबार अब बैंङ्किङ च्यानलबाटमात्र
काठमाडौं, ५ माघ –अब सरकारी कार्यालयमार्फत हुने सबै कारोबार बैङ्किङ च्यानलबाटमात्र हुने भएको छ । सरकारले आगामी आवदेखि सरकारी क्षेत्रबाट हुने सबै नगद प्रवाह बैंक खातामार्फत मात्र गर्ने व्यवस्था गर्न लागेको हो ।

चालू आवमा ७० प्रतिशत जनता बैंङ्किङ च्यानलमा

त्यस्तै, सरकारले चालू आवमा मुलुकभरका करीव ७० प्रतिशत जनसंख्यालाई बैंङ्किङ च्यानलनमा ल्याउने जनाएको छ । त्यसका लागि सरकारले ‘एक व्यक्ति, एक बैंक खाता’ अभियानै सञ्चालन गर्ने भएको छ ।

अब शून्य मौज्दातमा बैंक एकाउन्ट

त्यस्तै, सरकारले जनतालाई बैंङिकङ च्यानलमा समावेश गर्नका लागि शून्य मौज्दातमा बैंक एकाउन्ट खोल्ने भएको छ । सो बापतको सेवा शूल्क सरकारले नै व्यहोर्ने छ ।

बैंङ्किङ सेवा विस्तारका लागि सरकारले मुलुकका सबै इलाकामा बैङ्किङ सेवा विस्तार गर्ने जनाएको छ । यसका लागि बैंकका शाखा विस्तारलाई तिव्रता दिइने अर्थ मन्त्रालयले बताएको छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा कार्यरत नेपालीलाई लक्षित गरेर धेरै नेपाली कार्यारत मुलुकमा बैंङ्किङ सेवा विस्तार गर्ने पनि सरकारको लक्ष्य छ ।

salt training

कमेन्ट गर्नुहोस्