०५ साउन २०८३, मंगलबार

विपक्षीको विरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित, बिहीबार बस्ने​

चैत १३, २०८१
काठमाडौं
विपक्षीको विरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित, बिहीबार बस्ने​

राष्ट्रियसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधका बीच स्थगित भएको छ । अब उक्त बैठक बिहीबार १२ : १५ बस्ने भएको छ ।   

प्रमुख प्रतिपक्षी दलहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकोमा त्यसको विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारसम्मका लागि बैठक स्थगन भएको सदनलाई जानकारी दिए ।

आज दिउँसो १ बजेर १५ मिनेटमा शुरू भएको राष्ट्रियसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूको अवरोधका बीच १५ मिनेटका लागि स्थगन भएको थियो ।

पन्ध्र मिनेटका लागि स्थगन भएको उक्त बैठक फेरि समय परिवर्तन गरी आजै ३ बजेर ४५ मिनेटका लागि तोकिएको थियो ।

उक्त समयमा पनि बैठक बस्न नसकेपछि बिहीबारसम्मका लागि स्थगन गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्