१५ असार २०८३, सोमबार

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

चैत १३, २०८१
काठमाडौं
स्याङ्जामा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

स्याङ्जामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-७ बस्ने २४ वर्षीय सुन्दर गौतम रहेका छन् । उनलाई प्रहरीले  मंगलबार पक्राउ गरेको हो ।

सुन्दरले ती बालिकालाई शनिबार जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनीउपर जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्