०४ असार २०८३, बिहीबार

म्यानमार पुर्‍याएर अनलाइन स्क्यामिङमा लगाइएका चार नेपालीको उद्धार

चैत १३, २०८१
काठमाडौं
म्यानमार पुर्‍याएर अनलाइन स्क्यामिङमा लगाइएका चार नेपालीको उद्धार

म्यानमार लगेर अनलाइन स्क्यामिङमा लगाइएका चार नेपालीको उद्धार गरिएको छ । 

नेपाली राजदू‌तावास थाइल्याण्डले त्यहाँको सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उनीहरूलाई उद्धार गरेको हो ।

उद्धार गरिएकालाई टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याएर बुधबार नेपाल फर्काइएको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा नआउनका अनुरोध गरेको छ ।

यसअघि पनि दूतावासले पटक पटक विभिन्न व्यक्तिलाई उद्धार गरेर नेपाल फर्काएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्