
म्यानमार लगेर अनलाइन स्क्यामिङमा लगाइएका चार नेपालीको उद्धार गरिएको छ ।
नेपाली राजदूतावास थाइल्याण्डले त्यहाँको सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उनीहरूलाई उद्धार गरेको हो ।
उद्धार गरिएकालाई टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याएर बुधबार नेपाल फर्काइएको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा नआउनका अनुरोध गरेको छ ।
यसअघि पनि दूतावासले पटक पटक विभिन्न व्यक्तिलाई उद्धार गरेर नेपाल फर्काएको छ ।
