युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अब अमेरिकाले रुसको मागको अगाडि दृढताका साथ खडा हुनेमा आफू आशावादी रहेको बताएका छन् ।
रुसले काला सागरमा युद्धविरामको शर्तको रूपमा आफूमाथि लगाइएको पश्चिमी प्रतिबन्धहरू हटाउन माग गरेको छ।
राष्ट्रपति जेलेन्स्कीले बुधबार पेरिसमा एक प्यानल अन्तर्वार्तामा युरोपेली पत्रकारहरूसँग कुरा गरेका थिए ।
यसअघि अमेरिकाले साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको तीन दिनको छुट्टाछुट्टै वार्तापछि रुस र युक्रेनको प्रतिनिधिमण्डल ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको बताएको थियो ।
तर, रुसले काला सागरमा व्यापारिक जहाजहरूलाई सुरक्षित बाटो दिनको लागि सामुद्रिक युद्धविराम तब मात्र शुरू हुने बताएको थियो जब पश्चिमले रुसमाथि खाद्यान्न र मलको व्यापारमा लगाएको प्रतिबन्ध हटाइन्छ ।