०७ असार २०८३, आइतबार

समाजवादी मोर्चाको जनप्रदर्शनलाई समर्थन गर्दै शंकर पोखरेलले भने– प्रतिगमनको कुप्रयासका विरुद्ध सकारात्मक पहल

चैत १४, २०८१
काठमाडौं
समाजवादी मोर्चाको जनप्रदर्शनलाई समर्थन गर्दै शंकर पोखरेलले भने– प्रतिगमनको कुप्रयासका विरुद्ध सकारात्मक पहल

एमाले महासचिव शंकर पोखरेलले प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रका पक्षमा गर्न लागेको जनप्रदर्शन प्रतिगमनको कुप्रयासका विरुद्धको सकारात्मक पहल भएको बताएका छन् । 

राजनीतिक दलहरूले आपसमा प्रतिस्पर्धा गर्ने भएपनि जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना गर्ने उनको भनाइ छ । 

‘राजनीतिक दलहरू आपसमा प्रतिस्पर्धा गर्दछन्। एक अर्काको आलोचना र विरोध पनि गर्दछन् । जनअभिमतबाट आफूलाई स्थापित गर्ने कोसिस समेत गर्दछन्’, बिहीबार राति उनले फेसबुकमा भनेका छन्, ‘ तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना पनि गर्न सक्दछन् । इतिहासले धेरै पटक प्रमाणित गरेको छ । त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो ।’ 

salt training

कमेन्ट गर्नुहोस्