२२ जेठ २०८३, शुक्रबार

इजिप्टमा पर्यटक पनडुब्बी लाल सागरमा डुब्यो, ६ जनाको मृत्यु

चैत १५, २०८१
काठमाडौं
इजिप्टमा पर्यटक पनडुब्बी लाल सागरमा डुब्यो, ६ जनाको मृत्यु

इजिप्टको लाल सागरमा एउटा पर्यटक पनडुब्बी डुबेको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

रेड सी क्षेत्रका गभर्नर अमर हनेफीले दुर्घटनामा ६ पर्यटकको मृत्यु भएको र ३९ जनाको उद्धार गरिएको जानकारी दिएका छन् । हुर्घाडाको तटबाट करिब एक किलोमिटर टाढा यो दुर्घटना भएको हो ।

रेड सी क्षेत्रका गभर्नर अमर हनेफीले फेसबुकमा कुनै पर्यटक हराइरहेको बताएको बीबीसीले जनाएको छ । अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको उनले बताए ।

इजिप्टमा रहेको रुसी दूतावासका अनुसार पनडुब्बीमा सवार सबै पर्यटक रुसी थिए । रुसी दूतावासका अनुसार इजिप्टमा यो दुर्घटना स्थानीय समय अनुसार करिब १० बजे भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्