११ साउन २०८३, सोमबार

एसईईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्‍याइदिने

चैत १५, २०८१
काठमाडौं
एसईईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्‍याइदिने

काठमाडौं महानरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन जाँदा परीक्षा केन्द्रमा पुग्न समस्या भएर खबर गर्न आग्रह गरेको छ । 

काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरभित्र एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो । 

महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने बताएको छ । महानगर प्रहरी बल बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न भनिएको छ । 

समाजवादी मोर्चा र राजावादी समूहको आज काठमाडौंमा प्रदर्शन रहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्