०५ साउन २०८३, मंगलबार

हितेन्द्रदेव र कुलमानको रिट न्यायाधीश मुसलमानको इजलासमा

चैत १५, २०८१
काठमाडौं
हितेन्द्रदेव र कुलमानको रिट न्यायाधीश मुसलमानको इजलासमा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र बर्खास्तीमा परेका पूर्वनिर्देशक कुलमान घिसिङले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा शुक्रवार सुनुवाइ हुँदैछ । 

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा शाक्य र घिसिङको रिटको पेशी तोकिएको छ । घिसिङ र शाक्यको रिट क्रमश दोस्रो र पाँचौ नम्बरमा रहेको छ । 

आफूलाई बर्खास्ती गर्ने सरकारको निर्णयविरुद्ध कुलमान रिट लिएर सर्वोच्च पुगेका थिए । चारवर्ष अघिदेखि सर्वोच्चमा विचाराधीन मुद्दाको पहिले टुंगो लगाउन माग गर्दै शाक्य सर्वोच्चमा पुगेका थिए । 

उस्तै, प्रकृतिको मुद्दा भएकोले पहिले आफ्नो मुद्दाको छिनोफानो हुनुपर्ने जिकिर शाक्यले गरेका छन् । तत्कालीन प्रधानमनन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको बर्खास्ती खारेजीको माग गर्दै शाक्य २०७८ भदौमा अदालत गएका थिए । 

तर, चार वर्षसम्म सो रिटको टुंगो लागेको छैन । अवकाशमा जाने बेलासम्म सर्वोच्चले शाक्यलाई न्याय नदिएको भन्दै न्यायिक क्षेत्रमा यो चर्चाको विषय बन्न पुगेको छ । 

सरकारले चैत्र ११ गते सोमवार शाक्यलाई प्राधिरकणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्