१७ असार २०८३, बुधबार

तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास​​ प्रहार​

चैत १५, २०८१
काठमाडौं
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास​​ प्रहार​

राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रदर्शनकारीहरू बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले भीड रोक्न केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीले प्रदर्शनकारीलाई तीनकुनेमै केन्द्रित रहेर प्रदर्शन गर्न भनेपछि उनीहरू बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार प्रदर्शनकारीहरू  निषेधित क्षत्र जान खोजेपछि प्रहरीले रोक्न खोजेको हो ।

salt training

कमेन्ट गर्नुहोस्