३० जेठ २०८३, शनिबार

गणतन्त्रवादीको सभा अघि विपक्षी दलहरूको बैठक

चैत १५, २०८१
काठमाडौं
गणतन्त्रवादीको सभा अघि विपक्षी दलहरूको बैठक

संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक नेकपा (माओवादी केन्द्र)को संसदीय दल कार्यालयमा बसिरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले विपक्षी दलको बैठक जारी भएको जनाएको छ । 

बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेसपाका शीर्ष नेताहरू सहभागी छन् । 

विपक्षी दलहरूले सरकार र राजावादीविरुद्ध काठमाडौंमा प्रदर्शनसहितको सभा गर्दै छन् । 

सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

आजै विपक्षीहरूको विरोधपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक प्रभावित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्