
काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा स्थानीयको घर तोडफोडका साथै आगजनी गरिएको छ ।
नवराज सुवेदी, दुर्गा प्रसाईंलगायतको नेतृत्वमा भएको प्रदर्शनका क्रममा शुक्रबार तीनकुने क्षेत्रमा तोडफोड र आगजनी भएको हो ।
शान्तिपूर्ण प्रदर्शन भनिएको प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले प्रहरी संयम भएर अघि बढिरहेको बताए ।
‘शान्तिपूर्ण प्रदर्शन भन्ने अनि बलजफ्ती निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि ढुंगामुडा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो,’ उनले लोकान्तरसँग भने ।