०९ असार २०८३, मंगलबार

राजावादीको आन्दोलन हिंसात्मक बनेपछि काठमाडौंको बानेश्वर-कोटेश्वर क्षेत्रमा कर्फ्यु [सूचनासहित]

चैत १५, २०८१
काठमाडौं
राजावादीको आन्दोलन हिंसात्मक बनेपछि काठमाडौंको बानेश्वर-कोटेश्वर क्षेत्रमा कर्फ्यु [सूचनासहित]

काठमाडौंको तीनकुनेमा राजावादीहरूको आन्दोलनले उग्ररुप लिएपछि सरकारले विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेको छ । 

जिल्ला सुरक्षा समितिको बैठकले आज अपरान्हदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम चार किल्ला तोकेर सो सीमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

बानेश्वर-तीनकुने क्षेत्रमा पर्ने गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वर जडिबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमूल पुलसम्म र गौशालादेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वरसम्म कर्फ्यु आदेश जारी भएको हो । ​

राजावादीहरूले व्यक्तिगत घर तोडफोडदेखि आगजनीसमेत गरेका थिए । उग्र भीडले निजी सम्पत्ति तोडफोड गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास, पानीको फोहोरा र चार राउण्ड हवाई फायर गरेको थियो ।

 

 

null

salt training

कमेन्ट गर्नुहोस्