
राष्ट्रियसभाको बैठक यही चैत १७ गते ११ः१५ मा बस्ने भएको छ ।
दिउँसो १ बजेर १५ मिनेटको समयमा तोकिएको बैठक ढिला गरी सुरु भएको थियो ।
बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलको अवरोधपछि आज अपरान्ह ३ः३० बजे बस्ने गरी सूचनाद्वारा निर्धारण गरिएको थियो ।
सोही समयमा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक सरेको सूचना जारी गरेको हो ।
सूचनामा भनिएको छ, 'राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ साल चैत १७ गते आइतबार बिहान ११ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।'