
क्यानाडाको भिसा लगाइदिने भनी थाइल्याण्ड लगेर बिचौलियाबाट अलपत्र पारिएका ५ नेपालीको उद्दार भएको छ । उद्दार हुनेमा चारजना पुरुष तथा एक महिला रहेका छन् । राहदानी आफैसँग लिई बिचौलियाले उनीहरुलाई समस्यामा पारेका थिए ।
यसबारे जानकारीपछि उनीहरुलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी आज नेपाल फर्काइएको हो ।
दूतावासले एक विज्ञप्तिमार्फत नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु बैदेशिक रोजगारीमा नआउन र यस प्रकारको प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।