२५ जेठ २०८३, सोमबार

सुरक्षा निकायको संयमताले राजावादीको असलियत उदांगियो : पोखरेल

चैत १६, २०८१
काठमाडौं
सुरक्षा निकायको संयमताले राजावादीको असलियत उदांगियो : पोखरेल

नेकपा (एमाले) महासचिव शंकर पोखरेलले काठमाडौंमा भएको राजावादी आन्दोलन पूर्णत: असफल भएको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै समाजवादी मोर्चाको प्रदर्शन शान्तिपूर्ण र सन्देशमूलक रहे पनि राजावादीको प्रदर्शन अराजक र हिंसात्मक बनेको बताएका हुन् । 

'विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रम राजावादीहरूको भन्दा धेरै जनताको उपस्थिति देखियो। कार्यक्रम शान्त, मर्यादित र सन्देशमूलक रह्यो। तर, राजावादीहरूको आन्दोलन हिंसात्मक, प्रतिशोधात्मक र अराजक बन्यो,' उनले लेखेका छन्, 'व्यवस्थाको विकल्प दिन्छौं भन्नेहरूले आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नु पर्दछ । त्यसमा राजावादीहरू पूर्णतः असफल भए । बरू उल्टै उनीहरूका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन ब्यहोर्न नपरेको नयाँ पुस्तालाई त्यसबारे थोरै भए पनि बुझ्ने मौका मिल्यो ।'

महासचिव पोखरेलले आजको युग लोकतन्त्रको युग भएको उल्लेख गर्दै कुनै पनि निहित स्वार्थ, प्रतिसोध वा दुर्भावनाबाट नेपाली समाज प्रभावित नहुने बताएका छन् । सुरक्षाकर्मीको संयमले राजावादीहरूको वास्तविकता उदाङ्गिएको उनको टिप्पणी छ।

तोडफोड, आगजनी र लुटपाटमा संलग्न सबैलाई कारबाही गर्न आग्रह गर्दै पोखरेलले भनेका छन्, 'जनतालाई आतंकित बनाउने अपराधी समूहलाई उक्साउने र निर्देशन दिने सबैलाई अविलम्ब कानुनी दायरामा ल्याउनु आवश्यक छ।'

salt training

कमेन्ट गर्नुहोस्