२८ असार २०८३, आइतबार

ज्ञानेन्द्रको मानसिकता नै आपराधिक हो भन्ने पुष्टि भयो, यही बेला उनीविरुद्ध कडा कदम चाल्नुपर्छ : प्रचण्ड

चैत १६, २०८१
काठमाडौं
ज्ञानेन्द्रको मानसिकता नै आपराधिक हो भन्ने पुष्टि भयो, यही बेला उनीविरुद्ध कडा कदम चाल्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ज्ञानेन्द्र शाह आपराधिक मानसिकताका हुन् भन्ने पुष्टि भएको बताएका छन् । 

राजावादीहरूले शुक्रबार आगजनी र तोडफोड गरेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले ज्ञानेन्द्रविरुद्ध कडा  कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘शुक्रबार जे भयो यसको पछाडि ज्ञानेन्द्र शाहकै हात छ भन्ने प्रष्ट भइसकेको छ । ज्ञानेन्द्रको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा देखिइसकेको थियो,’ प्रचण्डले भने, ‘शुक्रबारको अराजकता निम्त्याएपछि उनी को हुन् भन्ने प्रष्ट भयो । उनीविरुद्ध कडा कदम चाल्ने समय नै यही हो ।’

प्रचण्डले सरकारले सुरक्षा प्रबन्ध पनि राम्रोसँग गर्न नसकेको पनि बताए । 

आगजनीमा परेको समाजवादीको कार्यालय अनुगमनको लागि समाजवादी मोर्चाको शीर्ष नेता आलोकनगर पुगेका थिए । 

शुक्रबार राजावादी समूहले तीनकुने आसपासका व्यापारिक केन्द्र, निजी निवास, प्राइभेट कार्यालय, मिडियाका अफिस, दलहरूको कार्यालय, सरकारी सवारी, औषधि कारखाना, व्यापारिक मलमा आगजनी, लुटपाट र तोडफोड गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्