
गृहमन्त्री रमेश लेखकले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले क्षतिबारे गृहमन्त्रीलाई जानकारी गराए ।
त्यस अवसरमा गृहमन्त्री लेखकले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
आजै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरूले उक्त पार्टीको कार्यालयमा भएको क्षतिबारे जानकारी लिएका छन् ।
