
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
शनिबार बिहान ११ बजे बसेको केन्द्रीय सचिवालय (भर्चुअल) बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपाले दोषीलाई कानूनी दायरामा ल्याउन पनि माग गरेको छ ।
'काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा २०८१ चैत्र १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने,' जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै पार्टीको केन्द्रीय समिति बैठक यही चैत १८ गते सोमबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने निर्णय भएको रास्वपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन भड्किँदा २ जनाको मृत्यु भएको थियो । साथै उनीहरूले विभिन्न स्थानमा तोडफोड र आगजनीसमेत गरेका थिए ।