११ असार २०८३, बिहीबार

राजावादीको अराजक आन्दोलन, विदेशी मिडियाले के लेखे ?

चैत १७, २०८१
काठमाडौं
राजावादीको अराजक आन्दोलन, विदेशी मिडियाले के लेखे ?

राजसंस्था पुनर्स्थापना पक्षधरहरूले चैत्र १५ गते शुक्रबार काठमाडौंमा गरेको वितन्डापूर्ण आन्दोलनबारे अन्तर्राष्ट्रिय समाचार संस्थाले समाचार कभर गरेका छन् । 

२ जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक आन्दोलनबारे अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले समाचार लेखेका हुन् ।  

समाचार संस्था एपीले ‘नेपालमा राजतन्त्र समर्थकहरूको र्‍यालीमा प्रहरीसँग झडप हुँदा कम्तीमा २ जनाको मृत्यु’ शीर्षकमा समाचार लेखेको छ । 

समाचार संस्था रोयटर्सले ‘राजतन्त्र समर्थक जुलुसलाई तितरबितर पार्न नेपाल प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दा दुई जनाको मृत्यु’शीर्षकमा समाचार लेखेको छ । 

राजसंस्था समर्थनको र्‍यालीमा भएको हिंसाको अनुसन्धान हुँदै भनेर शनिबार आर्को स्टोरी लेखेको छ । 

बेलायती पत्रिका द गार्डियले‘नेपाल राजतन्त्र फिर्ताको माग गर्दै काठमाडौंमा भएको र्‍यालीमा दुई जनाको मृत्यु’शीर्षकमा समाचार लेखेको छ । 

भारतीय समाचार संस्था एनडी टिभिले ‘विरोध प्रदर्शनका क्रममा तोडफोड गरेको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गरिएको छ’ भनेर अर्को समाचार लेखेको छ । 

उसले सबटाइटलमा ‘राजनीतिक अस्थिरता र आर्थिक असन्तुष्टिले निम्त्याएको प्रहरीसँगको झडपमा दर्जनौं राजपरिवार समर्थक घाइते’ लेखेको छ ।

भारतीय पत्रिका द टाइम्स अफ इण्डियाले ‘तोडफोडको आरोपमा १०० भन्दा बढी राजा समर्थक प्रदर्शनकारी पक्राउ, नेपालमा अशान्ति कसरी बढाइरहेको छ ?’ शीर्षकमा समाचार छापेको छ ।

हिन्दुस्तान टाइम्सले ‘हिन्दू राज्य पुनर्स्थापनाको माग गर्दै राजतन्त्र समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंमा कर्फ्यू’ शीर्षकमा समाचार लेखेको छ ।

शुक्रबारको आन्दोलन भड्काउने राजावादी अभियानका कमाण्डर दुर्गा प्रसाईं फरार छन भने राप्रपा महामन्त्री एवं सांसद डा. धवलशमशेर जबरा लगायत सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । 

अन्तर्राष्ट्रिय समाचार संस्थामा नेपालबारे प्रकाशित हुने गरेका हिंसा र आन्दोलनका समाचारले पर्यटक प्रभावित हुने नेपालका पर्यटनसँग सम्बद्ध संस्थाले बताउने गरेका छन् । यो सिजन नेपालमा पर्यटक आगमनको समय हो । 

salt training

कमेन्ट गर्नुहोस्