०८ साउन २०८३, शुक्रबार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि सदनमा सम्बोधन गर्ने

चैत १७, २०८१
काठमाडौं
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि सदनमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीति र संसद्‌को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधामन्त्रीले बैठक बोलाएको एमाले प्रमुख सचेत महेश बर्तौलाले जानकारी दिए ।

सदन सञ्चालनका बारेमा आइतबार सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा बर्तौलाले यसबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले आइतबार साँझ बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको जानकारी दिएको छ । 

सभामुखसँग प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ । बैठकमा एमाले प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने जानकारी गराए ।

उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भइसकेको पनि जानकारी दिए । 

null

सभामुखसँगको बैठकमा सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ भने विपक्षी दलले आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ । 

नेपाल विद्युत प्राधिकरणको नेतृत्व हेरफेरको विषयलाई लिएर विपक्षी दलले सदन अवरोध गरिरहेका छन् । यसअघि दुई दिनको बैठक विपक्षीको अवरोधका कारण प्रभावित भएको थियो । आज आइतबार पनि प्रतिनिधिसभा बैठक बोलाइएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १२ बजेसम्म बस्न सकेको छैन । 

प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख घिमिरेले दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‌मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरे ।

उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन अपिल गरेको उनको सचिवालयले जनाएको छ ।

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुख घिमिरेको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्