०४ साउन २०८३, सोमबार

पोखरा वाडा अटो शो : एलएसका गाडी खरिदमा ३ लाखसम्म छुट

चैत १७, २०८१
काठमाडौं
पोखरा वाडा अटो शो : एलएसका गाडी खरिदमा ३ लाखसम्म छुट

पोखरामा आयोजित वाडा अटो शोमा एलएस अटोका गाडी खरिद गर्दा अप टू ३ लाखसम्म छुट पाइने भएको छ।

नेक्सन वेन्चरस् प्रालि (एलएस अटो)को आधिकारिक वितरक कम्पनीका महाप्रबन्धक  नवीन फुँयालले बिहीबारबाट शुरू भएको शोमा एलईभी ०१ का गाडी खरिदमा अप टू ३ लाखसम्म छुट पाइने बताए ।

चैत १४ देखि १७ गतेसम्म अमरसिंह ग्राउन्डमा चल्नेछ। अटो शोमा कम्पनीले एलईभी ०१ मोडल प्रदर्शनीमा राखेको छ। आकर्षक डिजाइनसहितको गाडीमा धेरैले चासो दिएका छन्।

नेक्सन भेन्चर्सले चिनियाँ कम्पनी एलएस अटोको एलईभी ०१ मोडल नेपालमा ल्याएको छ।​

null

एलईभी ०१ स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक छ।

यी ईभीमा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ।

एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स छ। ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशतले बढी रहेको कम्पनीको दाबी छ। जसले एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिन्छ।

गाडीमा ९९ किलोवाटको मोटर रहेको कम्पनीले उल्लेख गरेको छ।

स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रहेको छ भने कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्