![हतकडी लगाएर रवीन्द्र मिश्रलाई अदालतमा उपस्थित गराइयो [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rabindra_Misra_2_6DSpsP0OkB.jpg)
राजावादीको आन्दोलनका क्रममा भएको हिंसाको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालत पुर्याएको छ ।
उनहरूलाई प्रहरीले थुनुवाले लगाउने ज्याकेट र हतकडी लगाएर अदालत पुर्याएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार म्याद थपको पेशी न्यायाधीश तारादेवी महर्जनको इजलासमा तोकिएको छ ।
विभिन्न कानून व्यवसायीहरूले बहसका लागि वकालतनामा भरेकाले बहस हुने सम्भावना रहेको उनले बताए ।
गत शुक्रबार भएको हिंसात्मक आन्दोलनमा पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।
त्यसलगत्तै प्रहरीले मिश्र, राप्रपाका महामन्त्री धवलशमशेर राणा र अन्यलाई पक्राउ गरेको थियो । उनीहरूमध्ये ४१ जनालाई राज्यविरुद्धको कसुरसँगै अन्य विभिन्न अभियोग लगाइएको छ ।
आन्दोलनका 'जनकमाण्डर' भनिएका दुर्गा प्रसाईं भने अहिलेसम्म फरार छन् ।




