२० असार २०८३, शनिबार

भोलि सार्वजनिक बिदा

चैत १७, २०८१
काठमाडौं
भोलि सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।​ इदउलफित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लोकान्तरलाई जानकारी दिए ।​

उनका अनुसार आइतबार साँझको चन्द्रमा देखिएपछि भोलि (सोमबार) सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ । 

एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् ।

रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ ।

null

salt training

कमेन्ट गर्नुहोस्