१२ असार २०८३, शुक्रबार

तीन पटक सरेपछि स्थगित भयो राष्ट्रियसभा बैठक

चैत १७, २०८१
काठमाडौं
तीन पटक सरेपछि स्थगित भयो राष्ट्रियसभा बैठक

राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ ।

सोमबार बिहान ११ः१५ मा बस्ने गरी आजको बैठक स्थगित भएको सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ ।

आज बिहान ११ः१५ मिनेटमा बस्ने गरी निर्धारित बैठक तीन पटक सरेको थियो ।

प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई हटाउने निर्णय सम्बन्धमा प्रधानमन्त्रीबाट सदनमा जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्