०३ साउन २०८३, आइतबार

म्यानमार भूकम्प : प्रभावित जनतालाई सहयोग गर्न विश्व स्वास्थ्य संगठनले माग्यो ८० लाख डलर

चैत १८, २०८१
काठमाडौं
म्यानमार भूकम्प : प्रभावित जनतालाई सहयोग गर्न विश्व स्वास्थ्य संगठनले माग्यो ८० लाख डलर

विश्व स्वास्थ्य संगठनले म्यानमारमा गएको भूकम्पबाट प्रभावित जनतालाई सहयोग गर्न तत्काल ८० लाख डलर सहयोग मागेको छ ।

अत्यावश्यक स्वास्थ्य सेवाहरू पुनःस्थापना गर्न, घाइतेहरूको उपचार गर्न र रोगहरूको फैलावट रोक्न आगामी ३० दिनमा सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ।

म्यानमारमा मार्च २८ मा गएको भूकम्पका कारण करिब १७ सय जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय घाइते भएको बताइएको छ ।

म्यानमारमा गएको भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डमा पनि महसुस गरिएको छ । थाइल्याण्डमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १८ पुगेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्